भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ।
कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित तीन नेपालीको मृत्यु भएको हो।
तीनै जनाको शनिबार शव फेला परेको घिमिरेका आफन्तले नेपालखबरलाई जानकारी दिए।
अन्य दुई युवामा एकजना पाँचथर र अर्का इलामका छन्। शनिबार नै उनीहरुको दाह संस्कार गरिएको आफन्तले बताएका छन्।
उनीहरु कोइला खनिरहेको बेला एक्कासी पानी पसेपछि तीन जना बेपत्ता भएका थिए। खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका थिए।
खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो।
582
Shares
प्रतिक्रिया