समाज


प्रहरी कार्यालयमा आस्थाले भनिन्ः कानुन कसैले पनि नमिचौं

प्रहरी कार्यालयमा आस्थाले भनिन्ः कानुन कसैले पनि नमिचौं

नेपालखबर
माघ १३, २०७६ सोमबार ७:३७,

प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै पक्राउ परेकी गायिका आस्था राउतले प्रहरीले आफूलाई सौहार्दपूर्ण वातावरणमा कुरा राख्न दिएको बताएकी छिन्।

सोमबार बिहानै प्रहरीको सम्पर्कमा पुगेकी आस्थाले प्रहरी कार्यालय परिसरमा प्रतिक्रिया दिदैँ आफू कानुनभन्दा ठूलो नभएको र कानुनअनुसार जे कारवाही हुन्छ, त्यो स्वीकार्य हुने बताइन्।

विमानस्थलमा जाँचका क्रममा गत माघ १ गते ड्युटीमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठको आफूलाई दुव्र्यवहार गरेको भन्दै उजुरीपछि राउतलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।

त्यसबेला सिक्किमको कार्यक्रममा गएकी आस्था सोमबार प्रहरीको सम्पर्कमा आएकी हुन्। सम्पर्कमा आएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ उनले भनिन्, ‘म कानुनलाई सहयोग गर्न आएको हुँ। उहाँहरुलाई सौहार्दतापूर्ण वातावरणमा मलाई कुरा राख्न दिनुभयो। कानुनभन्दा माथि कोहीपनि छैन। म पनि छैन। कानुनअनुसार जे मलाई हुन्छ त्यो सहर्ष स्वीकार गर्छु। कानुनलाई कसैले नमिचौं भन्न चाहान्छु।’

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले उनीविरुद्ध कानुनी प्रक्रिया सुरु भएको जानकारी दिए। ‘अरु केसमा जस्तै कानुनी प्रक्रियाअनुसार नै अगाडि बढ्छ, प्रशासनमा पेस गर्छौँ, मिलापत्रको प्रक्रिया पनि अपनाउँछौँ, आदि किसिमले अनुसन्धान अगाडि बढ्छ’, उनले नेपालखबरसँग भने।

अभद्र व्यवहार आरोप लागेकी राउतलाई प्रहरीले सरकारी वकिलमार्फत प्रशासनमा सोमबार नै पेस गरी मिलापत्र गरेर छाड्ने तयारी भएको छ। प्रहरीको सम्पर्कमा आएपछि उनलाई लगत्तै प्रहरीले उनलाई वीर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad