विमानस्थलमा जाँचका क्रममा यही माघ १ गते ड्युटीमा रहेको प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै पक्राउ परेकी गायिका आस्था राउत रिहा हुने भएकी छिन्।
प्रहरी जवान रमिता श्रेष्ठको उजुरीपछि राउतलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।
तर राउत आज मात्रै प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले उनीविरुद्ध कानुनी प्रक्रिया सुरु भएको जानकारी दिए। ‘अरु केसमा जस्तै कानुनी प्रक्रियाअनुसार नै अगाडि बढ्छ, प्रशासनमा पेस गर्छौँ, मिलापत्रको प्रक्रिया पनि अपनाउँछौँ, आदि किसिमले अनुसन्धान अगाडि बढ्छ’, उनले नेपालखबरसँग भने।
अभद्र व्यवहार आरोप लागेकी राउतलाई प्रहरीले सरकारी वकिलमार्फत प्रशासनमा आजै पेस गरी मिलापत्र गरेर छाड्ने तयारी भएको छ। उनी सोमबार बिहानै प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। त्यसलगत्तै प्रहरीले उनलाई वीर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो।
Shares

प्रतिक्रिया