समाज


एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी

एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी

नेपालखबर
असोज १०, २०८० बुधबार १४:५९, काठमाडौँ

मोरङको विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।

हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको हो।

लागुऔषध गाँजा बरामद भए सँगै राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित उक्त नम्बरको एम्बुलेन्स र चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार र सोही स्थानमा रहेको भारतीय नम्बर प्लेट बीआर  ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो।

यसैगरी विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ।

लागुऔषध गाँजासहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad