नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशन एक दिन लम्बिएको छ।
पहिलो अधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न नसकेपछि थप एक दिन अधिवेशन लम्बिएको हो। नयाँ नेतृत्व चयनका लागि आज (बुधबार)बाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
नयाँ कार्यतालिका अनुसार आज बिहान ९ बजे मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुनेछ।
एमाले बागमती प्रदेश अध्यक्ष केशव प्रसाद पाण्डेका अनुसार ९ः३० बजेदेखि ११ः३० सम्म मनोनयन दर्ता सुरु हुने कार्यतालिका छ।
त्यसैगरी अपराह्न्न ४ बजे उम्मेदवाररुको अन्तिम नामावली प्रकाशन हुनेछ।
विद्युतीय मतदान प्रक्रियाबाट निर्वाचन गर्ने एमालेको तयारी छ। सो प्रक्रियामा एक पटकमा ४४ जनाले एकैपटक मतदान गर्न सक्नेछन्।
एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ। एमाले बागमती प्रदेशको अधिवेशन मंगलबारदेखि सुरु भएको थियो।
मंगलबार काठमाडौंको प्रज्ञा भवन संचालित बन्दसत्रमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्न लागि भएको हो।
Shares
प्रतिक्रिया