खेल


मंगोलियाविरुद्ध कुशलको कीर्तिमानी शतक

मंगोलियाविरुद्ध कुशलको कीर्तिमानी शतक

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार ८:२४, काठमाडौँ

चीनमा जारी १९औं एसियाली खेलकुदमा बायाँ हाते युवा ब्याटर कुशल मल्लले मंगोलियाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका  छन्। 

कुशलले ३४ बलमा शतक प्रहार दुलर्भ विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। टी२० का खेलमा सर्वाधिक छिटो शतक क्रिस गेलको नाममा छ। गेलले २०१३ को आईपीएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक हानेका थिए। 

यसअघि टी २० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो। भारतीय टोलीका कप्तान रोहित रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए। 

यसअघि कुशलले १९ बलमा अर्धशतक पूरा गर्दै टी २० आई मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने ब्याटर बनेका छन्।

योसँगै उनले सन् २०१९ मा ज्ञानेन्द्र मल्लले २० बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad