ad ad

समाज


कहाँ गए ४ सहायक हवल्दारसहित यी २२ प्रहरी? (सूचनासहित)

कहाँ गए ४ सहायक हवल्दारसहित यी २२ प्रहरी? (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार ७:४२, काठमाडौँ

नेपाल प्रहरीका वहालवाला २२ प्रहरी सम्पर्कविहीन भएका छन्। 

विगत एक महिनादेखि चारजना सहायक हबल्दारसहित २२ प्रहरी सम्पर्कविहीन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

कार्यालयले आज (बुधबार) सूचना जारी गर्दै सम्पर्कविहीन भएका चार प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन निर्देशन दिएको छ।

सम्पर्कबिहीन हुने प्रहरी सहायक हबल्दारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल, विशेष सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई छन्।

त्यसैगरी काठमाडौं, जनकपुर, ओखलढुंगा, मोरङ, संखुवासभा, उदयपुर, धनुषा, धादिङ, तनहुँ, पाल्पा, अर्घाखाँची, रुपन्देही, सुर्खेत लगायतका जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवान महिना दिन भन्दा बढि समयदेखि सम्पर्कविहीन रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरुको नाम र कार्यरत ठेगानासहित प्रहरी प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरु कार्यालयको सम्पर्कमा नआएको जनाएको छ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिएर कार्यालयमा हाजिर हुन आउन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिइएको छ।

‘अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च० को कसुरमा ऐ। नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा सफाइको मौका प्रदान गरिएको छ,’ सूचनामा भनिएको छ।

हेर्नुहोस् प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .