ad ad

समाज


सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

नेपालखबर
असोज ९, २०८० मंगलबार ९:४०, सर्लाही

सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

विष्णु गाउँपालिका-६ मा बीआर एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनितादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

गाउँकै कच्ची सडकमा पैदल हिँडिरहेको अवस्थामा सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। 

उनलाई उपचारको लागि मलंगवास्थित प्रादेशिक अस्पाल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

दुर्घटनापछि मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। 

मण्डलसँग सवारी चालक अनुमति पत्र भए नभएको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .