आइतबार कोरोना भाइरसको त्रासकाबीच ग्वाङदोङ प्रान्तको सान्ताउ शहर भने खुला गरिएको छ। त्यहाँ सवारी साधन तथा फेरी सन्चालन भएका छन्। बजारमा चहलपहल सुरु भएको जनाइएको छ।
भाइरसका कारण शहरहरु ठप्प पारिएपछि पहिलोपटक खुला गरिएको सान्ताउ पहिलो शहर हो। यद्यपी १५ शहर भने अझै ठप्प छन्।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण सुरुवात भएपछि यसको संक्रमण विश्वका १३ देशमा देखा परेका छन्।
हाल यस भाइरसको संक्रमणबाट चीनमा ५६ जनाको मृत्यु हुनाका साथै झन्डै दुई हजार बिरामी परेका छन्।
अन्य १३ देशमा ४६ जना संक्रमित भेटिएका छन्। एजेन्सी

प्रतिक्रिया