समाज


बाराको सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

बाराको सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

नेपालखबर
असोज ७, २०८० आइतबार १४:०, काठमाडौँ

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मावि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

उनीहरुविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

विश्वराज यसअघि बुढानिलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिकालगायत स्थानीय तहको प्रशासकीय अधिकृत थिए।

उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका(८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेका अख्तियारको आरोप छ। 

उनीहरुले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भए भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad