समाज


नयाँ बसपार्कमा ट्राफिक प्रहरीको सचेतना कक्षा

नयाँ बसपार्कमा ट्राफिक प्रहरीको सचेतना कक्षा

नेपालखबर
माघ १२, २०७६ आइतबार ९:४९,

उज्यालो अभियान सञ्चालन गरिहेको ट्राफिक प्रहरीले काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा सचेतना कक्षा सञ्चालन गरेको छ।

कार्यक्रममा उपत्यका बाहिर जाने र आउने यात्रुहरु, सवारी धनि, चालक, सह–चालक र सञ्चालकहरुलाई दुर्घटना न्यूनिकरणको बारेमा सचेतना दिइएको थियो। ट्राफिक प्रहरी उपरीक्षक राजकुमार बैदवारले ट्राफिक नियमबारे जानकारी दिएका थिए।

त्यस अवसरमा दुर्घटनाबाट बचौं र बचाऔं भन्ने सबैवाट प्रतिबद्धता गरिएको थियो। कार्यक्रममा ट्राफिक प्रहरी बृत्त नयाँ बसपार्कका प्रहरी निरीक्षक शंखर श्रेष्ठ, सुदूरपश्चिम यातायात प्रालि बसपार्क ईन्चार्ज दिल्लीराज भुषाल, पश्चिम नेपाल बस व्यवस्यी प्रालिका मिन पनेरू र सिद्धेश्वर राप्ती यातायात सेवा प्रालिका भेष बहादुर खड्का लगायत १५० जनाको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad