राजनीति


संसदमा कांग्रेसले भन्योः कमण्डलु लिएर उपसभामुखको भिख माग्दैनाैँ

संसदमा कांग्रेसले भन्योः कमण्डलु लिएर उपसभामुखको भिख माग्दैनाैँ

नेपालखबर
माघ १२, २०७६ आइतबार ९:५५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले आफ्नो पार्टी कमण्डलु बोकेर उपसभामुखको भिख नमाग्ने बताएका छन्।

आइतबार संसदमा सभामुखको निर्वाचन प्रक्रियाका क्रममा बोल्दै नेता रिजालले कांग्रेसले उपसभामुख मागेर सभामुखमा उम्मेदवार नदिएको भन्ने कुरा गलत भएको बताए।‘उनले भने, कांग्रेस कमण्डलु लिएर संसदमा उपसभामुखको भिख माग्दैनौँ’, उनले भने, ‘हामीसँग मत पनि छैन, हामी कमण्डलु लिएर पनि आएका छैनौँ।’

आइतबार संसदमा सभामुखको निर्वाचन प्रक्रियाका क्रममा बोल्दै नेता रिजालले कांग्रेसले उपसभामुख मागेर सभामुखमा उम्मेदवार नदिएको भन्ने कुरा गलत भएको बताए।

उनले कांग्रेसले संविधानबमोजिम सभामुख र उपसभामुख एउटै दलको हुन नहुने कुरा मात्रै स्मरण गराएको बताए।

सभामुख पद तटस्थ रहेको पद भएका कारण कांग्रेस संसदीय दलले सभामुखमा उम्मेदवारी नदिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad