ad ad

समाज


आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता ‘सकारात्मक’, छिट्टै निष्कर्षमा पुग्ने विश्वास

गृहमन्त्री श्रेष्ठले भने– पढाइ नरोक्नूस्, जायज माग सम्बोधन हुन्छ
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता ‘सकारात्मक’, छिट्टै निष्कर्षमा पुग्ने विश्वास

बिहीबार बिहान सिंहदरबारमा सरकार र शिक्षकबीच भएको वार्ता


नेपालखबर
असोज ४, २०८० बिहिबार ९:३५, काठमाडौँ

संसद्‌मा दर्ता शिक्षा विधेयकविरुद्ध काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच  वार्ता सुरु भएको छ। 

आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक्ष (सिंहदरबार) मा वार्ता भएको हो।  

बिहीबार बिहान सिंहदरबारमा सरकार र शिक्षकबीच भएको वार्ता

गृहमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार वार्ता सकारात्मक रूपले अघि बढेको छ। ‘पुनः छलफलमा बस्नेगरी बिहानको वार्ता सकिएको छ’, उनले भने। 

उनका अनुसार वार्ता बिहान ८ बजेदेखि ९ बजेसम्म चलेको थियो। 

‘वार्ता प्रक्रिया अघि बढेकाले छिट्टै निष्कर्षमा पुग्छ’, उनले भने। 

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र शिक्षा सचिव सुरेश अधिकारी सहभागी भएका थिए भने आन्दोलनरत पक्षबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए। 

वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले सकारात्मक माग सम्बोधन हुने विश्वास दिलाउँदै शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए। 

‘शिक्षकका समस्या साझा समस्या हुन्, हाम्रा पनि समस्या हुन्’, गृहमन्त्री श्रेष्ठको भनाइ उधृत गर्दै गिरीले भने, ‘तपाईंहरूका मागलाई सम्बोधन गर्न सरकारले पहल गर्छ।’

आन्दोलनरत शिक्षकका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .