ad ad

समाज


रुपन्देहीमा मजदुरबीच झडप हुँदा एकको मृत्यु, तीन जना गम्भीर घाइते, १३ जना पक्राउ

रुपन्देहीमा मजदुरबीच झडप हुँदा एकको मृत्यु, तीन जना गम्भीर घाइते, १३ जना पक्राउ

नेपालखबर
असोज २, २०८० मंगलबार १०:२८, काठमाडौँ

गएराति रुपन्देहीमा मजुदरहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा तीनजना गम्भीर घाइते भएका छन्। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १३ जनलाई पक्राउ गरेको छ। उनीहरुमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिका ९ स्थित एक रेस्टुरेन्टमा सोमबार साँझ मादक पदार्थसहितको भोज खाएपछि मजदुरहरुले आपसमा झगडा गर्दा घटना भएको हो। 

झडपको क्रममा धारिलो हतियार प्रहार हुँदा मकवानपुरको हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा डेरा गरी बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरत विकले जानकारी दिए। 

‘मदिरा सेवनपछि धारिलो हतियारसहित उनीहरुले आपसमा झडप गर्दा एक जनाको मृत्यु भएको छ,’ एसपी विकले नेपालखबरसँग भने, ‘घटनामा धारिलो हातियार प्रहारबाट अन्य तीनजना घाइते भएका छन्। घटनामा संलग्न भएको आशंकामा १३ जना पक्राउ परेका छन्।’

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका ९ केरवानीमा विभिन्न पेटी ठेकेदारहरुसँग मजदुरी गर्दै आएका उनीहरु विश्वकर्मा पूजापछि साँझ मदिरासहितको भोजमा बसेका थिए। त्यसक्रममा उनीहरु आपसी झडपमा उत्रिँदा घटना भएको हो।

झडपमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। 

झडपमा परी काठमाडौं महानगरपालिका–१ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन्। घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए। 

‘घटनास्थलबाट एउटा चक्कु बरामद भएको छ,’ डीएसपी थापाले भने, ‘मृतक र घाइते तीनै जनालाई सोही चक्कु प्रहार भएको आशंका गरिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

मृतक स्याङतानको शव अहिले भैरहवा मेडिकल कलेजमै राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .