काठमाडौं तीनकुनेस्थित गैह्रीगाँउ हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा भएका छन्। हत्यामा संलग्नता नदेखिएपछि उनलाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो।
गत शनिबार एकै परिवारका ३ सहित ४ जनाको हत्या प्रकरणका अभियुक्त सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सार्वजनिक गरेसँगै राईलाई प्रहरीले रिहा गरेको हो।
राई सोही दिन राती घटनास्थलमा पुगेका थिए। हत्या गरिएकामध्येका विशाल राईको फोन नउठेपछि दीपेन्द्र त्यहाँ पुगेका थिए।
उनी विशालका आफन्त पर्छन्।
शुक्रबार मध्यराती घटनास्थलमा प्रहरी पुग्दा उनको हात र लुगामा रगतसहित प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले उनीमार्फत घटनाका बारेमा अनुसन्धान अघि बढाएको थियो।
भदौ ३१, २०८०, आइतबार
645
Shares
प्रतिक्रिया