काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार भएको चार जनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको हो।
उनले फर्निचरमा पसेर चारजनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
गैह्रीगाउँस्थित दिव्य स-मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो
गैह्रीगाउँको दिव्य स:मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।


Shares

प्रतिक्रिया