गोरखामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
सिरानचोक गाउँपालिका-४ अमराइमा शनिबार बसले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
ग १ ख ९७३६ नम्बरको बसले ग ७ प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कुमाल गम्भीर घाइते भएका थिए। उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि बस चालक रेशम गुरुङलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।
27
Shares

प्रतिक्रिया