ad ad

समाज


देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

‘बार डान्सर’ युवती र कर्नेल दुई वर्षदेखि सम्बन्धमा थिए
देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

नेपालखबर
भदौ २८, २०८० बिहिबार १५:१४, काठमाडौँ

नेपालकी युवती श्रेयाको हत्या अभियोगमा भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई प्रहरीले पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ। 

अदालतले आरोपी लेफ्टिनेन्ट कर्णेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। 

उता ज्यान गुमाएकी युवती श्रेयाको शवको पोस्टमार्टममा पनि झमेला भएको थियो। उत्तराखण्ड प्रहरीले ती युवतीका नेपालस्थित परिवारजनको चार दिनसम्म खोजी गरेको थियो। 

घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको छ। यदि उनका परिवारजन नआएमा उत्तराखण्ड प्रहरी आफैंले शवको अन्तिम संस्कार तयारी गरेको छ। 

समाचारअनुसार आइतबार बिहानै देहरादुनस्थथित प्रहरी कार्यालय सडक क्षेत्रसँगैको सिलवारगढको किनानरको नालामा भेटिएको थियो।

पुलिसले घटनास्थल पुगेर शवको मुचुल्का उठाउँदा युवतीको पहिचान हुन सकेको थिएन। छानबिनपछि पुलिसले पण्डितवाडी निवासी लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई गिरफ्तार गरेको थियो।

उनले श्रेयाको हत्या आफूले गरेको साविती बयान प्रहरीलाई दिएका छन्। कर्णेल उपाध्यायले बिहेका लागि दबाब दिएपछि श्रेयाको हत्या गरेको बताएका छन्। 

यस्तोमा उपाध्याय श्रेयालाई आफ्नो जीवनबाट हटाउन शनिबार राति मदिरा पिलाएका थिए। त्यही क्रममा उनले श्रेयालाई लङ ड्राइभमा जाने भन्दै थाना मार्गतिर लगेका थिए।

श्रेया मदिराले मातेपछि कर्णेल उपाध्यायले गाडी जंगलक्षेत्रमा पुर्‍याएर उनको शिर र निधारमा हथौडाले प्रहार गरेका थिए। हथौडाले पटक पटक हानेपछि श्रेयाले त्यहीँ ज्यान गुमाउन पुगिन्। 

भारतीय सञ्चारमाध्यमले एसएसपी दलीप सिंह कुँवरलाई उद्धृत गर्दै जनाएअनुसार शव भेटिएको बुधबार ७२ घण्टा बितेको छ। तर उनका परिवारजनसँग सम्पर्क हुन सकेको थिएन। सम्पर्क नभएपछि श्रेयाको शव बुधबार पोस्टमार्टम गरिएको छ।

लेफ्टिनेन्ट कर्णेल उपाध्यायको पोस्टिङ उत्तराखण्डको देहरादुनमा थियो। समाचार अनुसार श्रेया शर्माका रुपमा चिनिने तनहुँको भानु नगरपालिका-६ चोक चिसापानी निवासी सुमित्रा घर्ती कर्णेलबीच पश्चिम बंगालको सिलिगुडीको एक डान्सबारमा भेट भएको थियो। 

३० वर्षीया शर्मा सिलिगुडीमा बसेर डान्सबारमा नाच्ने गर्थिन्। त्यसै बेलादेखि कर्णेल डान्सबारमा आउनेजाने गरेपछि माया सुरु भएको थियो। 

सिलगुडीबाट उपाध्यायको सरुवा देहरादुन भयो। शर्मालाई पनि उनले सिलगुडीबाट त्यहीँ लगेर गएका थिए। 

विवाहित उपाध्यायका डेढ वर्षका छोरा छन्। उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरिएको हो। 

उनीहरु दुवैजनाबीच करिब २ वर्षदेखि सम्बन्ध रहेको खुलेको छ। सिलगुडीबाट देहरादुन लगेर शर्मालाई उनले सुरुमा होटल र पछि कोठा भाडा लिएर राखेका थिए।

यसैबीच युवती भानु नगरपालिकाकी रहेको पुष्टि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवम् एसपी अवदेश विष्टले गरेका छन्। 

‘ती युवती तनहुँको भानु नगरपालिका-६ निवासी सुमित्रा घर्ती भएको खुलेको छ’, विष्टले नेपालखबरसँग भने, ‘युवतीको पहिचान र नेपालस्थित ठेगाना खुलेपछि हामीले उनका काका र दिदीलाई बुधबार नै देहरादुन पठाइसकेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .