ad ad

समाज


वैदेशिक रोजगारीको नाममा ३३ लाख ठगी गर्ने ३ जना काठमाडौंबाट पक्राउ

वैदेशिक रोजगारीको नाममा ३३ लाख ठगी गर्ने ३ जना काठमाडौंबाट पक्राउ

नेपालखबर
भदौ २५, २०८० सोमबार ८:१५, काठमाडौँ

वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ। 

फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

पक्राउ पर्नेमा कैलाली लम्किचुहा नगरपालिका-५ स्थाइ घर भई हाल काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क बस्ने २३ वर्षका चित्रबहादुर मगर, स्याङ्जाको वालिङ नगरपालिका-१२ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ र धादिङको ज्वालामुखी गाउँपालिका घर भई भक्तपुरको थिमी नगरपालिका- ३ बस्ने राजकुमार लामिछाने छन्। 

मगरले टर्की पठार्इ दिन्छु भन्दै निशान खड्कासँग २ लाख ५० हजार लिएका प्रहरीले जनाएको छ। रकम लिएपछि फरार भएका उनलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी सर्बिया पठाइदिन्छु भन्दै तीन जनासँग १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछाने पक्राउ परेका हुन्।

उनले बलराम थपामगरसहित ३ जनाबाट वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै पटक पटक गरी १७ लाख रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले काठमाडौंको मीनभवनबाट पक्राउ गरिएको हो। 

त्यसैगरी फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने स्याङ्जाको वालिङ नगरपालिका-१२ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गेको छ।

गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनले फ्रान्समा होटलमा काम लगाइदिने र महिनाको एक लाख रुपैयाँभन्दा धेरै तलब हुने भन्दै रानाभाटलाई प्रलोभनमा पारेर १४ लाख रुपैयाँ असुलेका अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .