ad ad

समाज


दुई मोटरसाइकल ठोक्किँदा पत्रकारको मृत्यु, दुई घाइते

दुई मोटरसाइकल ठोक्किँदा पत्रकारको मृत्यु, दुई घाइते

नेपालखबर
भदौ २५, २०८० सोमबार ७:५१, सर्लाही

सर्लाहीको बरहथवामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका एकजना पत्रकारको उपचारको क्रममा मृत्यु भएको छ। 

शनिबार साँझ बरहथवा–मधुवनी सडक खण्डमा पर्ने बरहथवा नगरपालिका–८ टाँडीस्थित गर्जहा पुलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २८ वर्षीय अभिषेक यादव गम्भीर घाइते भएका थिए।

सर्लाहीकै धन्कौल गाउँपालिका–४, महिनाथपुर निवासी यादवको उपचारको क्रममा शनिबार साँझ न्युरो अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रेस सेन्टरका जिल्ला सदस्यसमेत रहेका यादव मधेश पार्टी अनलाइनमा कार्यरत थिए। यसअघि उनले सर्लाहीका विभिन्न सञ्चार माध्यममा काम गरिसकेका थिए। 

शनिबार साँझ रिर्पोटिङकै क्रममा सर्लाहीको बागमतीबाट घर फर्कदै गर्दा उनी सवार मधेश प्रदेश ०३–०८ प ७४९६ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट आएको भारतिय नम्बर प्लेटको बिआर ३० एक्स ८९८८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए। 

टाउँकोसहित शरीरका विभिन्न भागमा गम्भिर चोट लागेका उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि बाराको कलैयास्थित न्युरो अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचारकै क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो। 

यादव सवार मोटरसाइकलका चालक धन्कौल–४ महिनाथपुरका २७ वर्षीय रुपेश यादव र ठक्कर दिने भारतीय मोटरसाइकल चालक बरहथवा नगरपालिका १७ निवासी  ३७ वर्षका रामजनक चौधरी दुर्घटनामा सामान्य घाइते भएका छन्। 

उनीहरु दुवै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात घर फर्किसकेका प्रहरीले जनाएको छ।

यादवको निधनप्रति प्रेस सेन्टर सर्लाहीले दुःख व्यक्त गरेको छ। प्रेस सेन्टर सर्लाहीका अध्यक्ष श्रवण थापाले विज्ञप्ति जारी गरी दुर्घटनाको सत्यतथ्य छानविन गरी पीडितलाई न्याय दिन स्थानीय प्रशासनसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .