ad ad

समाज


पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

तस्बिर : स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको सचिवालय


नेपालखबर
भदौ २४, २०८० आइतबार २२:२१, काठमाडौँ

पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालमा भर्ना भएका छन्।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन्।

वीर अस्पताल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

स्वास्थ्यमन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसँगै वीर अस्पतालमै उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था जानकारी लिएको उनको सचिवालयले जनाएको छ। 

सबैको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी गराएका छन्। 

यस्तै राष्ट्रपति यादवको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिन अस्पतालमै रहने जानकारी दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .