ad ad

समाज


बालुवाटार जग्गा प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

बालुवाटार जग्गा प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

नेपालखबर
भदौ २४, २०८० आइतबार १४:५४, काठमाडौँ

बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनाविरुद्ध थुनछेक बहस सकिएको छ। आइतबार नै प्रतिवादी लोकहरी घिमिरेको तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस पनि गरेका हुन्। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै थुनछेक आदेश दिने भएको छ। 

बालुवाटार जग्गा प्रकरणमा मृतक २१ सहित ३१० जनालाई प्रतिवादी बनाए पनि प्रहरीले १८ जनालाई मात्रै पक्राउ गरेको छ। उनीहरुलाई मुद्दाको फैसला हुन्जेल थुना बाहिर राख्ने कि, धरौटीमा वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुने छ। 

बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ, शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कलाधर देउजा, घमनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेल थुनामा छन्। 

यस्तै अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, योगराज पौडेल, नारायणदास मिश्र, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरे पनि हिरासतमा छन्। 

प्रहरीले बोलाएर बयान लिएपनि पूर्व मन्त्रीहरूलाई भने पक्राउ नगरी फरारको सूचीमा राखेको थियो। यस्तै सचिव कृष्णबहादुर कट्वालसहित केहीलाई छाड्न भने अदालतले नै आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .