ad ad

कारोबार


टियागो ईभीको बुकिङ खुल्यो

टियागो ईभीको बुकिङ खुल्यो

नेपालखबर
भदौ २४, २०८० आइतबार १४:५४, काठमाडौँ

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतिक्षित टियागो इभीको बुकिङ आरम्भ गरेको छ।

इच्छुक ग्राहकहरुले घर बसी बसी आफ्नो मोबाइल वा कम्प्युटर बाट (लिंक) मा आफ्नो नाम दर्ता गराई वा नेपालभर रहेको टाटा मोटर्सको शोरुमहरुमा गएर बुकिङ गर्न सक्नेछन्।

टाटा टियागो ईभी यही मंगलबारबाट सुरु हुन गइरहेको १५औं टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित ‘नाडा अटो शो २०२३’ मा विशेष कार्यक्रममा आकर्षक सुरुवाती मूल्य सहित सार्वजनिक गर्ने जानकारी प्राप्त भएको छ।

ग्राहकहरुले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटो शोमा टाटा मोटर्सको स्टल नम्बर ए३ मा वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सक्नेछन्।
नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ।

कम्पनीका अनुसार टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो, जुन भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा पर्दछ। नेपालमा पनि टाटा टियागो ईभी एकदमै धेरै सोधखोज भईरहेको गाडी हो।

नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने यस गाडीले विशेष गरी युवावर्गहरुमा थप उत्साह र ईभी प्रयोगमा थप वृद्धि गराउने कम्पनीको आशा रहेको छ।

नेपालमा टाटा टियागो इभी ५ वटा भेरियन्ट सहित ४ वटा कलरमा उपलब्ध हुनेछन्। गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम छ। सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ किमी भनिएको छ भने नेपाली बाटोमा २५० किमि सम्मको रेन्ज दिने अनुमान गरिएको छ।

अहिलेको समयमा टाटा मोटर्स का अत्याधिक रुचाईएका ईभी अर्थात विद्युतीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनीले पनि आफ्नो उत्पादनहरु का साथ् ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउंदै आईरहेको छ  नेपालकै पहिलो, ठूलो र फैलिएको २१ स्थानमा फास्ट चार्जिङ स्टेसनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भइसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिङ स्टेसनदेखि सर्भिस स्टेसनलाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना छ।

यो सँग सँगै जनशक्तिको दक्षतालाई अझै मजबूत गर्न ईभी लर्निङ सेन्टर तथा ट्रेनिङ सेन्टरको थप निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .