ड्युटीमा रहेका प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन्।
ड्युटीमा रहेका प्रहरीलाई हातपातसहित अभद्र व्यवहार गरेको अभियोगमा सिन्धुलीको मरिन गाउँपालिका ४ घर भई काठमाडौंको बुद्धनगर बस्ने ३० वर्षीय राजकुमार घिसिङ पक्राउ परेका हुन्।
शनिबार राति काठमाडौं महानगरपालिका ३१ शंखमुलमा तीव्र गतिमा रहेको बा ३७ प ६४३२ नम्बरको स्कुटरलाई चेकजाँचको लागि रोक्दा घिसिङले प्रहरीलाई अभद्र व्यवहार गरेका थिए।
प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले स्कुटर जाँच गर्ने क्रममा चालक घिसिङले प्रहरीसँग अपशब्द प्रगोग गरी बादबिबाद गर्दा नियन्त्रणमा लिने प्रयास प्रहरीले गरेको थियो।
त्यसक्रममा उनले प्रहरी माथि नै हातपात गरेपछि पक्राउ गरिएको पहरीले जनाएको छ। घिसिङमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
Shares
प्रतिक्रिया