ad ad

समाज


काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं महानगरमा आज शोक बिदा

नेपालखबर
भदौ २२, २०८० शुक्रबार ६:२७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ। 

महानगरपालिका प्रशासन विभागका प्रमुख दीपक अधिकारीले सूचना निकालेर काठमाडौँ १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको जनाएका हुन्।

रिजालको ५३ वर्षको उमेरमा बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा निर्वाचित भएका थिए। 

हेर्नुहाेस् सूचना

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .