समाज


सर्पले टोकेकै अवस्थामा छोरी जन्माएकी विनिताको मृत्यु, शिशुको अवस्था पनि गम्भीर

सर्पले टोकेकै अवस्थामा छोरी जन्माएकी विनिताको मृत्यु, शिशुको अवस्था पनि गम्भीर

फाइल फाेटाे


रासस
भदौ २०, २०८० बुधबार १९:३३, रुकुम पश्चिम

रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ। जिल्लाका चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो। 

गर्भवती २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो। सोही दिन राति विष्टले छोरीलाई जन्म दिएकी थिइन्। तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो। सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान उनको मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए।

शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ। शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो। सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको थियो। अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको मंगलबार घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad