ad ad

राजनीति


खुकुरी प्रहारबाट घाइते कांग्रेस नेता यादव आईसीयूमा

खुकुरी प्रहारबाट घाइते कांग्रेस नेता यादव आईसीयूमा

नेपालखबर
भदौ २०, २०८० बुधबार १९:३५, काठमाडौँ

खुकुरी प्रहारबाट घाइते नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा भर्ना भएका छन्।

चिकित्सकको प्रत्यक्ष निगरानीमा उनको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ।

राष्ट्रिय ट्रमा सेन्टरले बुधबार साँझ ५ः३० बजे विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ।

अस्पतालका अनुसार हाल उनको अप्रेसन गरी घाउमा टाँका लगाइएको छ भने अवस्था स्थिर छ।

टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको अस्पतालले जनाएको छ।

टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले जानकारी दिएका छन्।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो।

खुकुरी हान्ने नुवाकोट घर भएका श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार, ट्रमा सेन्टर लगियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .