ad ad

समाज


बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा २८ वर्षीय युवकको मृत्यु, १९ वर्षीया युवती गम्भीर घाइते

बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा २८ वर्षीय युवकको मृत्यु, १९ वर्षीया युवती गम्भीर घाइते

नेपालखबर
भदौ १८, २०८० सोमबार १०:१३, काठमाडौँ

काठमाडौंको बसुन्धारामा गयराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन्।

गएराति पौने १ बजे प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले ठक्कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरी युनिट महारजगञ्जका हबल्दार लक्ष्मण कुँवरले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक सङ्खुवासभाको मकालु गाउँपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटी बस्दै आएका २८ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका शेर्पाको उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धारामा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकलको पछाडि बस्ने सोही ठेगानाकी १९ वर्षीया डोल्मा शेर्पा दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको ग्रीनसिटी अस्पताल बसुन्धारामै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

युवती बोल्न सक्ने अवस्थामा नरहेकाले उनीहरुबीचको नाता सम्बन्ध खुल्न नसकेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि भ्यानका चालक बाराका जितेन्द्र माझीलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका दुबै सवारी साधन तिलिंगेटार प्रहरी चौकीमा राखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .