ad ad

समाज


गोसाइकुण्डबाट फर्किंने क्रममा काठमाडौंका एक किशोर वेपत्ता, खोजीमा खटिए ४६ सुरक्षाकर्मी

गोसाइकुण्डबाट फर्किंने क्रममा काठमाडौंका एक किशोर वेपत्ता, खोजीमा खटिए ४६ सुरक्षाकर्मी

गोसाइकुण्ड/ फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार ११:२९, काठमाडौँ

गोसाइकुण्ड दर्शन गरेर फर्किने क्रममा काठमाडौंका एक किशोर बेपत्ता भएका छन्। 

काठमाडौँ महानगरपालिका ३ निवासी १७ वर्षीय प्रदेश तामाङ गोसाइकुण्ड दर्शन गरेर फर्किने क्रममा बिहीबारदेखि बेपत्ता भएका हुन्। 

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार किशोर गोसाइकुण्डबाट फर्किने क्रममा बाटो बिराउँदा बेपत्ता भएका हुन्। 

गोसाइकुण्डबाट झण्डै ११ किमी पूर्वबाट उनी हराएको प्रहरीले जनाएको छ। उनको खोजीमा आज बिहानबाट सुरक्षाकर्मी परिचालन भएका छन्। 

जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १९ जना, प्रहरी चौकी स्याफ्रुबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जना प्रहरी किशोरको खोजीमा निस्किएका छन्। 

त्यसैगरी सशस्त्र प्रहरी वल धुन्चेबाट सहायक प्रहरी निरीक्षकको नेतृत्वमा ७ जना र नेपाली सेनाको विष्णु दल गण धुन्चेबाट लप्टनको नेतृत्वमा १५ जनाको टोली युवकको खोजतलासमा खटिएका प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .