ad ad

समाज


हिन्दु धर्मावलम्बीलाई हर्कको हार्दिक शुभकामना

हिन्दु धर्मावलम्बीलाई हर्कको हार्दिक शुभकामना

नेपालखबर
भदौ १३, २०८० बुधबार २०:५०, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हिन्दु धर्मावलम्बीको विशेष पर्व जनैपूर्णिमा, रक्षाबन्धन तथा नेवार समुदायले मनाउने क्वाँटी पूर्णे र गाईजात्राको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका छन्। 

बुधबार जारी शुभकामना सन्देशमार्फत मेयर साम्पाङले धरानवासीमा एकता, सामाजिक सद्‌भाव र धार्मिक सहिष्णुताको कामना पनि गरेका छन्। 

धरान उपमहानगरपालिका विभिन्न जातजाती एवं भाषाभाषीको बसोवास रहेको विविधतायुक्त सहर भएको उल्लेख गर्दै उनले सन्देशमा भनेका छन्, ‘यस प्रकारका सांस्कृतिक पर्वहरूले हाम्रा मौलिक रीतिरिवाज र रहनसहनको संरक्षण गर्न थप प्रेरणा प्राप्त हुनेछ भन्ने शुभेच्छा प्रकट गर्दै धरानको विकास र समृद्धिका लागि आपसी सहयोग, सकारात्मक भाव, सहिष्णुता र थप ऊर्जा यो पर्वले दिनेछ भनी हार्दिक शुभकामना व्यक्त गर्दछु।’

मेयर साम्पाङलाई हिन्दुधर्मविरोधीका रूपमा प्रचार गरिएका बेला उनले हिन्दुधर्मालम्बीकै चाडपर्वका लागि शुभकामना व्यक्त गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .