ad ad

समाज


तेह्रथुममा भीरबाट लडेर एक पुरुषको मृत्यु

तेह्रथुममा भीरबाट लडेर एक पुरुषको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १०:४८, तेह्रथुम

तेह्रथुममा भीरबाट लड्दा एक पुरुषको मृत्यु भएको छ। 

बिहीबार दिउँसो भीरबाट लड्दा लालीगुराँस नगरपालिका ८ सुङनाम का ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

बारीबाट आलुको बोरा बोकेर घरतर्फ जाँदै गर्दा उनी भीरबाट लडेका हुन्। 

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। 

लिम्बु घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको हो। लिम्बुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .