ad ad

समाज


‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने पक्राउ

‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने पक्राउ

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १०:०, सिरहा

‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल गर्न खोज्ने एक व्यक्तिलाई सशस्त्र प्रहरीले सिरहाबाट पक्राउ गरेको छ।

सिरहाको नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका-३ मा व्यवसायीलाई प्रहरी हुँ भन्दै धम्क्याइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिरहाकै लक्ष्मीपुरपतारी गाउँ पालिका- १ का मुकुन्द कुमार साह छन्। सशस्त्र प्रहरी बल बडियारपट्टीको टोलीले उनलाई नक्कली पेस्तोलसहित बिहीबार साँझ पक्राउ गरेको हो।

भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी- २ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपालिका- १ का सदन नारायण दासलाई उनले नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हु’ भन्दै धम्क्याई रहेको अवस्थामा नियन्त्रणमा लिएको शसत्र प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .