ad ad

समाज


काठमाडौंको बुद्धनगरमा छाडा भैँसीको कारण स्थानीय त्रसित

काठमाडौंको बुद्धनगरमा छाडा भैँसीको कारण स्थानीय त्रसित

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार ८:५१, काठमाडौँ

काठमाडौँको बुद्धनगरमा छाडा भैँसीको कारण स्थानीय त्रसित बनेका छन्।

कोही किसानले पालेको एउटा भैँसी थलोबाट दाम्लो चुँडाएर भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

बुधबार बिहानै सडकमा एउटा छाडा भैँसी जथाभावी कुदिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  

छाडा भैँसीलाई निगरानीमा राखिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ। 

‘भैँसी कसको हो र कहाँबाट आयो खुलेको छैन,’ वृत्तका प्रहरी रामकिशोर कुशवाहाले नेपालखबरसँग भने, ‘भैँसीले कुनै जनधनको क्षति नगरोस् भनेर हामीले निगरानीमा राखेका छौँ।’

हाल भैँसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुल हाताभित्र छिरेको छ। भैँसीलाई त्यहीँबाट समात्ने तयारी गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले भैँसी धनी किसानलाई सम्पर्कमा आउन पनि आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .