समाज


सल्यानमा माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते

सल्यानमा माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते

नेपालखबर
भदौ ५, २०८० मंगलबार ७:२२, सल्यान

सल्यानमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।

रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको लु २ ख ५७३१ नम्बरको माइक्रोबस सोमबार साँझ सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलामा  दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका घर भएका कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुने १३ जनाको तुलसीपुरमै उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad