ad ad

समाज


रसुवागढी नाकाबाट भित्रिएको दुई केजी सुनसहित पैदल यात्री पक्राउ

रसुवागढी नाकाबाट भित्रिएको दुई केजी सुनसहित पैदल यात्री पक्राउ

नेपालखबर
भदौ ३, २०८० आइतबार ११:२०, काठमाडौँ

साउन ३ गते बरामद भएको साढे ६० किलो सुन प्रकरणले राजनीतिक बृत्तसमेत तरंगित भइरहेको छ।

हङकङ हुँदै आएको उक्त सुनका कारण संसद्‍समेत अवरोधको अवस्था छ।

हवाइजहाजबाट आएको सुनले तरंग ल्याइरहेका बेला पैदलमार्गबाट पनि आउने क्रम रोकिएको छ।

प्रहरीले आइतबार रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीस्थित सडकबाट पैदल यात्रीको साथमा दुई केजी सुन फेला पारेको छ।

टिमुरेबाट स्याफ्रूबेँसीतर्फ आउँदै गरेका पैदल यात्री सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५पोखरी बस्ने बर्ष २४ को सुदीप शेर्पाबाट प्रहरीले उक्त सुन बरामद गरेको हो। 

शेर्पाले लगाएको कालो रंगको चेष्ट गार्डको भित्री खल्तीमा करिब २ केजी सुनको जस्तो देखिने पहेँलो धातु प्रहरीले बरामद गरेको हो।

प्रहरीका अनुसार उक्त सुनमा मेटालोर१ किलो गोल्ड ९९९.९ आईएसओ २४०१८ लेखिएको छ।

बिस्कुट आकारको दुई थान सुनको बजार मूल्य १ करोड ८९ लाख ३० हजार रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

लुकाएर ल्याएको अवस्थामा फेला परेको उक्त सुनसहित शेर्पालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .