ad ad

समाज


कृषिमन्त्रीले पन्छिँदै भने : लम्पिस्किनबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौँ

कृषिमन्त्रीले पन्छिँदै भने : लम्पिस्किनबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौँ

फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०८० बिहिबार १७:२, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्। 

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन्।

उनले लम्पिस्किन लागेर पशुहरुको मृत्यु भएपछि किसानलाई ठूलो क्षति भएको स्वीकारे। तर सम्पूर्ण क्षतिपूर्ति दिन नसकिने उनले बताए।

सरकारको तर्फबट किसानलाई राहत दिने गरी कार्यविधि बनिरहेको पनि उनले बताए।

उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायत प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए।

कार्यविधि पास हुनेबित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाइ छ। उनले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताए।

मन्त्री भुसालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए।

उनले अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको बताए। ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको पनि उनले जानकारी दिए।

‘किसानहरुलाई ठूलो क्षति भयो। क्षतिपूर्ति गर्न सक्दैनौँ। अरु सन्दर्भमा पनि क्षतिपूर्ति नै भनेर गर्न सकेका छैनौँ। राहत कमसेकम सरकारको तर्फबाट दिन प्रधानमन्त्रीकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाएका छौँ’, उनले भने, ‘कार्यविधि पास हुनेबित्तिकै राहत दिन्छौँ। यो रोगविरुद्धको खोप उत्पादनका लागि चाहिने भाइरस विदेशबाट झिकाउन प्रक्रिया अगाडि बढाएका छौँ।’

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनविरुद्ध उपचार, लक्षण लगायत विषयमा सचेतना दिइरहका कारण मृत्युदर घटेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .