ad ad

खेल


नेपालमा पहिलोपटक हुन लागेको ब्याडमिन्टन एसिया रिजनल च्याम्पियनसिपको तयारी पूरा

नेपालमा पहिलोपटक हुन लागेको ब्याडमिन्टन एसिया रिजनल च्याम्पियनसिपको तयारी पूरा

तस्बिर : सरोज बैजु


नेपालखबर
साउन ३२, २०८० बिहिबार १७:९, काठमाडौँ

काठमाडौंमा शुक्रबार देखि सुरु हुने ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप २०२३ को तयारी पूरा भएको छ। 

नेपाल व्याडमिन्टन संघले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै महादेसीय ब्याडमिन्टनको सर्वोच्च संस्था ब्याडमिन्टन एसियाको प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना गर्न लागेको जानकारी दिएको हो।

प्रतियोगिता भोलि शुक्रबारदेखि मंगलबारसम्म सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा हुनेछ। च्याम्पियनसिप यू–१५ र यू–१७ फम्र्याटमा हुनेछ। प्रतियोेगितामा १२ इभेन्ट हुनेछ। 

यू–१५ इन्डिभिज्युअलमा गल्र्स, ब्वाइज सिंगल्स, गल्र्स, ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ विधामा स्पर्धा हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिए।

यू–१७ तर्फ इन्डिभिज्युअलमा गल्स, ब्वाइज सिंगल, गल्र्स ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ विधामा स्पर्धा हुनेछ। यस्तै यू–१५ र यू–१७ टिम च्याम्पियनसिपमा प्रतिस्पर्धा हुनेछ। 

एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिपमा आयोजक नेपालसहित, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका समान ८ खेलाडी सहभागी हुनेछन्। 

नेपाली टिममा १६ खेलाडी छन्। व्यक्तिगत स्पर्धामा आयोजक मुलुकका तीन खेलाडी एउटै स्पर्धामा सहभागि हुन पाउने व्यवस्था छ भने अन्य देशका दुई खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्नसक्ने छन्। 

च्याम्पियनसिपमा गल्र्सतर्फ २६ र ब्वाइजतर्फ २६ गरि कुल ५२ खेलाडी सहभागी हुदैछन्। 

प्रतियोगितामा सहभागी हरेक देशमा १ जना गल्र्स र ब्वाइज ओलम्पिक छात्रवृत्तिका लागि छनोट हुनेछन्। उनीहरुलाई व्याडमिन्टन एसियाले मलेसियामा प्रशिक्षण दिनेछ। 

प्रतियोगिताका लागि सहभागी खेलाडीहरू नेपाल आइपुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .