ad ad

समाज


भारतीय दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

भारतीय दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

नेपालखबर
साउन ३०, २०८० मंगलबार १२:४७, काठमाडौँ

नेपालस्थित भारतीय दूतावासले मंगलबार ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ। 

मंगलवार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरेर ७७ औं स्वतन्त्रता दिवस मनाइएको हो। 

स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो। 

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडिओको माध्यमबाट प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई सम्मान गरिएको थियो। 

उनीहरुलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो। 

स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरु पनि वितरण गरिएको थियो। 

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने  समयसम्म भरत अमृतकालको रुपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताए। 

उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिएको बताएका छन्।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरुको सम्मानका लागि भारतीय दूतावासमा नाचगान, वाद्यवादनसहित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .