ad ad

समाज


सुनिल शर्मालाई छाड्ने आदेशमा अदालतले भन्यो : भाग्ने सम्भावना छैन, प्रमाण लोप गर्ने अवस्था पनि देखिएन

सुनिल शर्मालाई छाड्ने आदेशमा अदालतले भन्यो : भाग्ने सम्भावना छैन, प्रमाण लोप गर्ने अवस्था पनि देखिएन

सरकारी वकिल कार्यालयमा सुनिल शर्मा। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २६, २०८० शुक्रबार १८:३५, काठमाडौँ

काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासले शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी आदेश दिएको हो।

न्यायाधीश शर्माले आफ्नो आदेशमा कुनै पनि मुद्दामा प्रतिवादीले भागेर जाने तथा प्रमाण लोप गर्ने सम्भावना हुन्छ कि हुँदैन भन्ने हेर्नुपर्ने जनाउँदै यस्तो आदेश दिएका हु्न्।

अदालतले शर्माविरुद्ध २०७९ साउन ५ गते नै आईएसीको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा लेखिपठाए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसबीचमा कुनै अनुसन्धान नै अघि नबढाएको देखिएको पनि जनाएको छ।

शर्माविरुद्धको छानबिन अघि नबढाएको अवस्थामा उनी २०७९ मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएर आइसकेको पनि संसद सचिवालयलाई दिएको पत्रबाट खुलेको अदालतले उल्लेख गरेको छ।

यस्तो अवस्थामा सांसदसमेत भइसकेका शर्मा भागेर कहीँ नजाने र प्रमाण पनि लोप गर्न सक्ने सम्भावना नरहेको ठहर अदालतले गरेको हो। 

‘...प्रतिवादी सुनिलकुमार शर्मा भागी जाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता समेत रहेको समेत नदेखिँदा म्याद थपका लागि उपस्थित गराइएका प्रतिवादी सुनिल कुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमानता मिसिल संलग्न कागजबाट नदेखिँदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा १ बमोजिम तारेखमा राखी मुद्दा अनुसन्धान गर्नू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .