नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्मालाई सीआईबीको टोलीले पक्राउ गरेको जानकारी नेपालखबरलाई दिएका छन्।
नेपाल प्रहरीको उच्च स्रोतले पनि शर्मालाई पक्राउ गरिएको जानकारी दिएको छ। ‘उहाँलाई पक्राउ गरिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘हामी छानबिनको प्रक्रियामा छौँ, अहिले थप बोल्न मिल्दैन।’
987
Shares
प्रतिक्रिया