ad ad

राजनीति


कांग्रेस सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश

अन्य डाक्टरलाई भने हिरासतमा राख्न अनुमति
कांग्रेस सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश

नेपालखबर
साउन २६, २०८० शुक्रबार १८:५, काठमाडौँ

जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको छ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब) लाई आदेश दिएको हो। 

शैक्षिक प्रमाण पत्र किर्ते आरोपमा बिहीबार काठमाडौंको गल्फुटारबाट पक्राउ परेका उनलाई सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।

तर सीआईबीले माग गरेअनुसार शर्मालाई थुनामा राख्नुनपर्ने निष्कर्षसहित न्यायाधीश शर्माले यस्तो आदेश दिएका हुन्।

शर्मासहित उक्त प्रकरणमा पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो। 

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई दिनमा ८ जनालाई पक्राउ गरेको थियो।

अदालतले यो प्रकरणमा पक्राउ परेका पाँच डाक्टरलाई भने ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ। 

डा रञ्जित यादव, डा एलिना साह, मनिता चौधरी, श्रद्धा सिल्पकार र डा अमित चौधरीलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत  छन्।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा शुक्रबार दिउँसो सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा.’ पुनम थापा चौधरीलाई पक्राउ गरिएको थियो।

यस्तै रौतहटबाट डा. रामबाबु यादव पक्राउ परेका छन्। उनीहरुको भने म्याद थप हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .