ad ad

समाज


सभामुखलाई सीआईबीको पत्र : सांसद शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र किर्ते कसुरमा अनुसन्धान हुन्छ

सभामुखलाई सीआईबीको पत्र : सांसद शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र किर्ते कसुरमा अनुसन्धान हुन्छ

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८० बिहिबार १८:२२, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र किर्ते कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले सभामुख देवराज घिमिरलेलाई बिहीबार साँझ पठाएको पत्रमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित शर्मालाई फौजदारी कसुर गरेकाले पक्राउ गरी हिरासतमा लिइएको जनाएकी छन्। 

पत्रमा कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाण पत्र पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाइएकोले कारबाहीका लागि नेपाल मेडिकल काउन्सिलले सूचना दिएको उल्लेख गरिएको छ।

सीआईबीले शैक्षिक प्रमाणपत्रबारे राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको २०७९ साउन ५ गतेको पत्रबाट १९९६ सालमा रोल कोड ६५०४, रोल नम्बर १०११७, आईएसी तहका सुनिलकुमार शर्माको कैफियतमा अपुष्टित (नट भेरिफाइड) भनी लेखी आएको पनि जनाएको छ।

‘शर्माको उक्त शैक्षिक योग्यताको प्रमाण पत्र किर्ते गरेको कसुरमा प्रचलित कानुन बमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले मोरङ, क्षेत्र नं. ३ का नेपाली कांग्रेसतर्फबाट प्रत्यक्ष निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका छन्’, सीआईबीले भनेको छ, ‘फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ परेका निज शर्मा प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकोले संविधानको धारा १०३ को उपधारा ६ बमोजिम उनी परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .