भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी छिन्।
बिहीबार संसद्मा बोल्दै अर्थमन्त्री सीतारमणले नेपालबाट टमाटर आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी गराइन्।
उनले शुक्रबार नेपालबाट आयातित टमाटर वाराणसी, लखनउ र कानपुर पुग्ने संसद्मा बताएकी हुन्।
‘नेपालबाट टमाटर आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका छौं,’ उनले संसदमा भनेकी छिन्, ‘नेपालबाट टमाटरको पहिलो खेप शुक्रबारसम्म वाराणसी, लखनउ र कानपुर पुग्ने सम्भावना छ।’
भारतमा टमाटरको मूल्य अत्यधिक बढेपछि माग धान्न नेपालबाट टमाटर लैजान लागेको हो।
सीतारामनले यही हप्ताभित्र एनसीसीएफले दिल्ली एनसीआरमा ७० रुपैयाँ प्रति किलोमा टमाटर बेच्ने दाबी गरेकी छिन्।
165
Shares
प्रतिक्रिया