ad ad

समाज


नेकपा (बहुमत) का नाममा धम्क्याएर चन्दा माग्ने दुई जना पक्राउ

नेकपा (बहुमत) का नाममा धम्क्याएर चन्दा माग्ने दुई जना पक्राउ

नेपालखबर
साउन २५, २०८० बिहिबार १५:१३, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नाममा डर, धम्की देखाइ चन्दा मागेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका–४ बस्ने वर्ष ३३ को धनराज तुफान भनिने धन बहादुर परियार र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने वर्ष २९ को चन्द्र प्रकाश विक रहेका छन्।

उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुबाबाट पक्राउ गरी उनीहरुले तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन केसीलाई नेपाल कम्युनिष्ट पाटी (बहुमत) को लेटरप्याडमा ह्वाट्सएपमार्फत दश लाख रुपैयाँ माग गरेका थिए। र, यदी कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्ने चेतावनी दिएका थिए।

यस्तै, सल्यानको कपुरकोटस्थित कालिका माविका शिक्षक वामदेव अधिकारीलाई नेपाल कम्युनिष्ट पाटी (बहुमत) को लेटरप्याड बनाई आर्थिक सहयोग सम्वन्धमा भनी एसएमएस पठाई पाँच लाख रुपैयाँ माग गर्नुका साथै यदी कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्ने चेतावनी दिएका थिए।

प्रहरीका अनुसार यसअघि असार २७ गते दाङको तुलसीपुर उमनपा–१८ स्थित बेलझुण्डी माविकी शिक्षिका जानका बस्नेतलाई सोही दलको लेटरप्याडमा एक लाख रुपैयाँ माग गरी उस्तै धम्की दिएका थिए।

यसैगरी गत चैत २१ गते तुलसीपुर उमनपा–७ बुढागाउँ पर्सेनी बस्ने पूर्व शिक्षक ईन्द्र बहादुर वलीसँग पनि एक लाख रुपैयाँ मागेर धम्क्याएका थिए।

विभिन्न मितिमा ह्वाट्सएप गरी पैसा माग गरी नदिएमा ज्यानै लिने सम्मको कार्बाही समेत गरिने भनी चेतावनीपूर्ण पत्र तथा एस एम एस गरेको भनी प्राप्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

उनीहरुबाट प्रहरीले विभिन्न व्यक्तिहरुको फोटो थान १४, नेपाल कम्युनिष्ट पाटी (बहुमत) को नामको लेटरप्याड पाना १२४, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, नेपाल कम्युनिष्ट पाटी (बहुमत) लेखिएको स्ट्याम्प थान १, धनबहादुर परियारको नामको २ वटा नागरिकताको प्रमाण पत्र र विभिन्न व्यक्तिको नामका नागरिकताको प्रतिलिपि थान ३९ लगायत सामान बरामद गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .