ad ad

समाज


संखुवासभामा कैदी हत्या प्रकरण : शंकाको सुई प्रहरीतिर पनि, उच्चस्तरीय समिति गठन गर्न माग

संखुवासभामा कैदी हत्या प्रकरण : शंकाको सुई प्रहरीतिर पनि, उच्चस्तरीय समिति गठन गर्न माग

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८० बुधबार १६:१९, काठमाडौँ

जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरिएको छ।

दुईजना कैदीहरु १९ वर्षीय बिनोद तेलाङ्गी र आकाश बलामीको हत्या प्रकरणमा प्रहरीको पनि संलग्नताको आशंकामा उच्चस्तरीय समितिको माग भएको हो।

संखुवासभाका कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन्। 

उनले दुईजना कैदीको हत्या प्रकरण रहस्यमय भएकाले छानबिनका लागि उच्चस्तरीय समिति आवश्यक रहेको बताए।

‘दुईजना कैदीबन्दीको मृत्युको घटना रहस्यमय छ’, उनले भने, ‘यसका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक  छ।’

उनले घटना गम्भीर प्रकृतिको भएका कारण यसबारेमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताएका छन्। 

स्थानीय प्रशासनले भने संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ। 

छानबिन समितिको सदस्यमा प्रहरी निरीक्षक सरोज खनाल र प्रशासन कार्यालय नायव सुब्बा तारिणी घिमिरे छन्। 

 घटनाको छानबिनका लागि समिति गठन गरिएको बताउँदै छिट्टै सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। 

जिल्ला कारागारमा रहेका ती दुई बन्दीको बुधबार बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको थियो। 

मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी छन्। 

संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले गएराति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी प्रशासनलाई बुझाएको दाबी गरे। 

तर त्यसपछि उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्‍याइएको उनको भनाइ छ। 

स्थानीय केही प्रत्यक्षदर्शीले ती २ कैदीमाथि बिहान ३ बजेसम्म कुटपिट भएको थियो। कारागार सुरक्षामा प्रहरी टोली २४ घण्टा तैनाथ हुने व्यवस्था छ।

प्रहरीकै अगाडि ती कैदीहरुमाथि ज्यानै जाने गरी हुने कुटपिट भएको हो।

यो प्रकरणमा पीडित परिवार र आफन्तहरुले प्रहरीको संलग्नता रहेको हुन सक्ने आशंका गरेका छन्। उनीहरुले पनि उच्चस्तरीय समिति गठनको माग गरेका छन्।

तर अहिले जिल्ला कारागारका ९ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत राखिएको छ। 

उनीहरुलाई कारागारको वातावरण सहज नभएसम्मलाई बाट सारिएको जेलर राजेन्द्र घिमिरेले बताए। 

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयासमा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .