समाज


सिन्धुपाल्चोकको दुर्गम तेम्बाथान गाउँमा पुग्यो सडक, स्थानीय खुसी

सिन्धुपाल्चोकको दुर्गम तेम्बाथान गाउँमा पुग्यो सडक, स्थानीय खुसी

नेपालखबर
साउन २३, २०८० मंगलबार २०:५१, काठमाडौँ

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथान गाउँ सडक सञ्जालसँग जोडिएको छ। सदरमुकाम चौताराबाट ६० किलोमिटर दूरीमा रहेको तेम्बाथान गाउँ यसअघि सडक सञ्जालसँग जोडिएको थिएन।

सडक नभएकाले विकट हिमाली भेग तेम्बाथान, दिपु, तेगावासीले सुत्केरी र बिरामीलाई उपचारका लागि ऋण काढेरै भए पनि महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गरेर राजधानीका अस्पताल पु¥याउँदै आइरहेका थिए। 

जुगल–३ मा निमार्णधीन ३६ मेगावाट लक्ष्य बोकेको ब्रह्मायाणी जलविद्युत् आयोजनाले सात करोड खर्चेर आठ किलोमिटर मान्जेखोला–नेशमदोभान–तेम्बाथानदिपु सडक निमार्ण गरेको वडाध्यक्ष लक्ष्मण दोङले जानकारी दिए।

उक्त गाउँभन्दा तीन सय मिटर दूरीमा आयोजनाको विद्युत् गृह, सुरुङलगायतका संरचना बन्दैछ। गाउँमै एम्बुलेन्स र सवारीसाधान आइपुग्ने भएपछि तेम्बाथानवासी खुसी भएका छन्।

यसअघि जलविरे, कात्तिके–तेम्बाथान १६ किलोमिटर यर्मालिङ र नेशमखोला छेउसम्म सडक पुगेको थियो। त्यसउता लक्याप, निमाडोमा, नेशम खोला जस्ता डरलाग्दा भीरको चट्टानी अवरोधका कारण ‘ब्लास्टिङ’ गर्दे अघि बढ्नुपर्ने भएकाले यर्मालिङ र नेशम खोलापारी सडक छिचोल्न सकिएको थिएन।

स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी सबैको समन्वयमा भीरको तल्लो भाग ‘ब्लास्ट’ गर्दै फुटालेर तेम्बाथानसम्म सडक पु¥याउन डेढ वर्ष लागेको ब्रह्मायाणी जलविद्युत् आयोजनाका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिए।

तेम्बाथान, दिपु, तेगा गाउँपुग्ने यो नै पहिलो र नयाँ सडक ट्र्याक हो। उक्त ट्र्याकलाई मर्मत सम्भार, कटिङ, ग्राभेलिङ, तीनवटा पुल बनाई स्तरोन्नति गर्दै अघि बढेको उनले बताए।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो सडक निमार्ण भएपछि स्थानीयवासीले दुई दिनभर ज्यान हत्केलामा राखेर भीर र खोलाको बाटो हिँडनुपर्ने बाध्यता हटेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad