समाज


नक्कली नोटसहित तारकेश्वरबाट तीनजना पक्राउ

नक्कली नोटसहित तारकेश्वरबाट तीनजना पक्राउ

नेपालखबर
साउन २३, २०८० मंगलबार २०:५९, काठमाडौँ

काठमाडौंको तारकेश्वर नगरपालिकाबाट नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्। तारकेश्वर–५ स्थित गोलढुङ्गा नगिनी खोला आगडि बाट मंगलबार सांझ सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उक्त स्थानमा हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालिका ५ का  लक्ष्मी पाण्डे, लमजुङ दोर्दि गाउँपालिका  ०२ का  सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालिका–१ का मदन दमाई गरी तीन जना नक्कली नोटसहित पक्राउ परेका हुन्।र 

उनीहरूको डेराबाट नेपाली रूपैयाँ एक हजारको १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

यसैगरी मोबाइल ४ थान, सिमकार्ड १० थान र २२० सीसीको बा ६५ प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको उनले बताए। 

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ  ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ। उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको प्रवक्ता थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad