ad ad

समाज


कृष्णनगर नगरपालिकाका कर्मचारी अहमदविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

कृष्णनगर नगरपालिकाका कर्मचारी अहमदविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

नेपालखबर
साउन २३, २०८० मंगलबार १७:१८, काठमाडौँ

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका पाँचौ तहका साकिर अहमद उपर डेढ करोड रुपैयाँ भन्दा बढी बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहमदविरुद्ध बिगो १ करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ ५८ पैसा कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो।

साकिर अहमदले सरकारी सेवा प्रवेश गरेको मिति मिति २०४८।१०।१५ देखि २०७८।०६।३० सम्मको समग्र आय तथा व्ययको बिश्लेषण गर्दा निजको वैध आयतर्फ पारिश्रमिक आय, घरजग्गा बिक्री आय, बिभिन्न भत्ता, कर्जाको आय, कृषि आय, बिदेशबाट प्राप्त रेमिट्यान्स, सवारी साधन बिक्री, निर्माण सेवा आम्दानी र बैंक ब्याजबाट प्राप्त आयसमेत गरी जम्मा एक करोड १६ लाख ५३ हजार ९५७ रूपैयाँ ११ पैसा आर्जन गरेको देखिन्छ।

सोही अवधिमा निजले सिर्जना गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिस्ट्सन दस्तुर, ऋण दिएको, पुँजीगत लाभकर, शेयर खरिद, सवारी साधन खरिद, बिद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत गरी दुई करोड ७२ लाख ३३ हजार ६५२ रूपैयाँ ६९ पैसा खर्च तथा लगानी देखिन आएको थियो।

खर्च तथा लगानीबाट सिर्जित आयबाट निजको ब्यय घटाउँदा हुन आउने एक करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ ५८ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ।

अहमदसहित नुर जहाँ र साजन शाहलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .