ad ad

राजनीति


देवेन्द्र पौडेलले भने : सुन तस्करी प्रकरणको छानबिनमा अर्को समिति चाहिँदैन

देवेन्द्र पौडेलले भने : सुन तस्करी प्रकरणको छानबिनमा अर्को समिति चाहिँदैन

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार १७:२५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले साउन ३ गते बरामद भएको १०० केजी सुन तस्करी प्रकरणमा सरकारको छानबिनलाई सघाउन आग्रह गरेका छन्।

अहिले यस प्रकरणमा सरकारले गरिरहेको भन्दै उनले यसलाई निष्कर्षमा नपुर्‍याएसम्म अर्को समिति आवश्यक नभएको पनि उनले बताएका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन दिन प्रतिपक्षी दलहरुलाई आग्रह गरे। 

पौडेलले छानबिन गर्ने सरकारी निकाय कुनै दल विशेषको नहुने भन्दै उनीहरुलाई आफ्नो काम गर्न दिनुपर्ने बताए।

आफूहरु संसदीय छानबिन समितिको विरोधी नभएको स्पष्ट पार्दै यस प्रकरणमा सरकारको छानबिन जारी रहेकाले अर्को समिति आवश्यक नभएको उनले उल्लेख गरे।

सांसद पौडेलले गृह प्रशासनले गरिरहेको छानबिनको कामलाई सघाउन पनि आग्रह गरेका छन्। 

‘संविधान बनाउँदा सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय सर्तकता केन्द्र राख्नु हुँदैन भनेर दल विशेष वा कसैको विमति थियो र?’, उनले सोधे, ‘यी कुनै पार्टी विशेषका संस्था हुन्? यस्ता घटना छानबिन गर्ने यी निकाय राज्यका होइनन् र?’, उनले भने, ‘यी निकायहरुले अगाडि काम गर्दैगर्दा, यिनीहरु निष्कर्षमा नपुगी अर्को छानबिन गर्ने समिति बनाउँदा अहिलेको छानबिनमाथि प्रश्न उठ्दैन र?’

उनले भ्रष्टाचारको कुनै अनुहार नहुने पनि बताए। ‘भ्रष्टाचारको कुनै भूगोल हुँदैन। भ्रष्टाचारको कुनै दल हुँदैन। हामी सबैले सामूहिक रुपमा राज्यले स्थापित गरेका, संविधानले स्थापित गरेका निकायहरुबाट छानबिनलाई अगाडि बढ्दा स्याब्बासी गर्नुभएको भए हुन्थ्यो’, उनले भने। 

पौडेलले राज्यका निकायको छानबिनलाई सहजतापूर्वक लिनुपर्ने बताए। त्यस्तै प्रतिपक्षी दलहरुलाई संसद नरोकेर आफ्नो भनाइ राख्न पनि उनको आग्रह छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .