ad ad

समाज


सवारी चालकसँग घुस लिने दुई प्रहरी जवान निलम्बित

सवारी चालकसँग घुस लिने दुई प्रहरी जवान निलम्बित

नेपालखबर
साउन २१, २०८० आइतबार ७:२९, सर्लाही

सवारी साधनका चालकसँग घुस लिएको आरोपमा रौतहट र सर्लाहीका दुईजना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ।

निलम्बनमा पर्नेमा सर्लाहीको बागमतीस्थित ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान विकास कलबार र रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव छन्। 

उनीहरुले राजमार्गमा ड्युटी गर्ने क्रममा एकजना जिप चालकसँग घुस रकम लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले नै उनीहरुलाई कारबाही गर्न निर्देशन दिएका थिए। 

उनीहरुले जिप चालक रौटहटका सिकन्दर पटेलसित फरक फरक ठाउँमा एक एक सय रुपैयाँ घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि उनीहरुमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले छानविन गरेको थियो।

गाडिमा मालसामान लिएर जाँदा कलवार र यादवले पटक पटक घुस मागेर दुःख दिएपछि आफूले घुस दिँदै गरेको भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको पटेलले बताएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .